काठमाडौँ । राष्ट्रिय फुटबल टोलीको बन्द परीक्षणमा सहभागी हुन आएका एक खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । गत मंगलबार संक्रमित खेलाडीको स्वाब परिक्षण गरिएको थियो । संक्रमित खेलाडीको बिहीबारको परिक्षण नतिजा पोजेटिभ आएको थियो ।
एन्फाले तत्काल सूचना जारी गर्दै एक खेलाडीको पुन: परिक्षण गरिने बताएको थियो । बिहीबार दोस्रो पटक गरिएको परिक्षणको रिपोर्ट समेत पोजेटिभ आएको हो । कोरोना देखिने खेलाडीको नाम भने गोप्य राखिएको छ ।
कतार विश्वकप छनोट र एसियन कप छनोट खेल्ने ३४ खेलाडीसहित प्रशिक्षक, अफिसियल र होस्टलका कर्मचारी गरि ५४ जनाको कोरोना परीक्षण गरिएकोमा हिजो ५३ जनाको रिपोर्ट नेगेटिभ आएको थियो ।खेलाडीहरुको लगनखेल स्थित पाटन अस्पतालमा स्वाब संकलन गरि परीक्षण गरिएको एन्फाले जनाएको छ ।
एन्फाले मंगलबार ललितपुरस्थित पाटन अस्पतालसँगको समन्वयमा उपत्यका भित्र घर भएका र आफ्नै घरमा क्वारेन्टिनमा बसेका २३ खेलाडी, प्रशिक्षक, अफिसियल र आवस्यक कर्मचारिगरी २९ जनाको पीसीआर परिक्षण गराएको थियो । त्यसअघि सोमबार होटलमा क्वारेन्टिन बसेका ११ खेलाडी सहित अन्य २५ को कोरोना परिक्षण गराएको थियो ।
नेपालले असोजमा चाईनिज ताईपे र अष्ट्रेलियासँग तथा कात्तिकमा जोर्डनसँग खेल्ने तालिका थियो । कोरोना महामारीका कारण विश्वकप छनोट र एसियन छनोटका खेलहरु भने रद्द भइसकेका छन् भने बन्द परीक्षण कार्यक्रम पनि पछि स्थगित भइसकेको छ ।
एन्फाले भदौ १ गतेबाट राष्ट्रिय फुटबल टिमको प्रशिक्षण सुरु गर्ने तयारी स्वरुप सबै खेलाडीलाई उपत्यकामा बोलाएको थियो । कतिपय खेलाडीहरु घरसमेत फर्किसकेको जनाइएको छ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते