सिराहा – कोरोना संक्रमणका कारण सिराहामा ‘ट्राभल हिस्ट्री’ नभएका युवाको कोरोनाबाट मृत्यु भएको छ। सिराहाको विष्णुपुर गाउँपालिका- १ का ४० वर्षीय युवाको कोरोना भाइरसको संक्रमणबाट बिहीबार राति मृत्यु भएको हो।
विराटनगरको कोसी अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए।
यादवका अनुसार श्वसाप्रश्वासमा समस्या देखिएपछि मंगलबार ती युवालाई उपचारको लागि विराटनगरको कोसी अस्पताल लगिएको थियो।
उनलाई आइसोलेशनमा राखेर उपचार गर्दैगर्दा मृत्यु भएको जानकारी प्राप्त भएको यादवले बताए। रिपोर्ट आएको केहीबेरमै संक्रमितको मृत्यु भयो।’
मृतकको शवलाई सिरहा ल्याएर व्यवस्थपन गर्ने तयारी भइरहेको स्वास्थ्य प्रमुख यादवले बताए।
उनका अनुसार मृतक पुरुषको ट्राभल हिस्ट्री देखिएको छैन। कन्ट्याक्ट ट्रेसिङको काम भने भइरहेको उनले बताए। योसँगै सिरहामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुगेको छ।
सम्बन्धित खबर
‘प्रधानमन्त्रीकै नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी राख्दैन’
कांग्रेस–एमालेको सहमतिमा चीन भ्रमणका एजेन्डा तय हुन्छ : गृहमन्त्री लेखक
मेडिकल कलेज तथा सरकारी अस्पतालले शुल्क विवरण सार्वजनिक नगरे कारबाही
बीआरआई सम्झौताबारे एमालेसँग साझा धारणा बनाएर अघि बढ्छौं : गगन थापा
पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण
एकीकृत समाजवादीले कीर्तिपुरको मेयरमा माओवादीलाई समर्थन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते