तनहुँको भानु नगरपालिकामा ५ वर्षीया बालिकासहित २० जनामा कोरोना पुष्टि

तनहुँको भानु नगरपालिकामा ५ वर्षीया बालिकासहित २० जनामा कोरोना पुष्टि

Bhanu Municipality

तनहुँ । गण्डकी प्रदेशमा एकैपटक २१ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन  ।

स्वास्थ्य निर्देशनालयको पछिल्लो अद्यावधिक विवरण अनुसार प्रदेशका दुई जिल्ला तनहुँ र स्याङ्गजाका एकै पटक २१ जनामा कोरोना संक्रमण पुष्टी भएको निर्देशनालयले जनाएको छ  ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पीसीआर परीक्षणमा तनहुँको भानु नगरपालिकामा सबैभन्दा धेरै २० जना संक्रमित भेटिएका छन  । भानुको वडा नं -१ मा मात्र २७ देखि ५५ बर्ष उमेर समुहका पुरुष र ५ वर्षीया वालिका सहित ३१, २८, ३०,५६ र ३७ वर्षीया महिलामा गरी कुल २० जनामा कोरोना पुष्टी भएको हो । 

यस्तै स्याङ्गजा सदरमुकाम पुतलीबजार नगरपालिकाको वडा नं -१ मा ३९ वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माले जानकारी दिए  । 

हाल संक्रमित सबैलाई सम्बन्धित जिलाको आइसोलेसन कक्षामा लैजाने तयारी भैरहेको छ । यो संगै गण्डकीमा कोरोना संक्रमितको कुल संख्या १६८१ पुगेको छ  ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds