पोखरा लेखनाथ स्थित बेगनास तालको सफाई अभियन्ता राम रानाभाट प्रहरी नियन्त्रणमा छन् । पोखरा ३१ बेगनास निवासी रानाभाट स्थानिय बेगनाथ युथ क्लबका अध्यक्षसमेत हुन् । उनी चढेको गाडीमा लागुऔषध भेटिएपछि प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुर (चपुर), रौतहटको टोलीले साउन २४ गते नै सोहि क्षेत्रबाट उनी र अन्य दुई जनालाई पक्राउ गरेको छ । कार्यालय प्रमुख डिएसपी हेमबहादुर शाहीले गण्डकन्यूजलाई बताए अनुसार सडकमा चेकजाँचको क्रममा उनीहरु चढेको गाडीमा प्रतिबन्धित औषधि फेला परेको हो ।

डिएसपी हेमबहादुर शाही
३८ वर्षीय रानाभाटसहित पक्राउ पर्नेमा तनहुँ दुलेगौंडा–४ का २८ वर्षीय मोहम्मद मुर्तुजा र बारा, सिमरा– १० जितपुरका २२ वर्षीय लालुद्धिन मिया रहेका छन् । उनीहरुलाई ७ दिन म्याद थपेर अनुसन्धान भइरहेको छ । यद्यपी, बयान लिने काम भने सुरु नभएको डिएसपी शाहीले बताए ।
रानाभाट चढेको गाडीमा कोरेक्स नामक औषधि चार सिसी भेटिएको हो । उनीहरुले चार सिसा अर्थात् ४०० ग्राम बोकेको भेटिएको छ । जुन प्रतिबन्धित कार्य हो ।
प्रारम्भिक बयानमा रानाभाटले आरोप अस्विकार गरेको बुझिएको छ । यो काम चालक दुलेगौंडा निवासी मोहम्मद मुर्तुजाको भएको रानाभाटले बताएका छन् । पोखराबाट लगेको आफ्नो कार बिग्रेपछि दुलेगौंडाबाट इटहरीसम्म साथीले गाडी मिलाइदिएको र सो गाडीमा जाँदा चालकले कोरेक्स सेवन गर्ने गरेकोले गाडीमा उक्त औषधि रहेको रानाभाटले जिकिर गरेका छन् ।
यद्यपी, प्रहरीले अनुसन्धानको क्रममा रहेको र बयान पनि लिइनसकेकाले केही बताउन नमिल्ने प्रतिक्रिया दियो । ‘अनुसन्धान भइरहेको छ । बयान लिनेछौं । सत्यतथ्य आइहाल्छ । अहिले केही नभनौं । गाडीमा जे चिज भेटियो, त्यो प्रतिबन्धित लागुऔषध हो । त्यसैले ३ जना नै समातिएका हुन् ।’ – डिएसपी शाहीले भने ।
सम्बन्धित खबर
हतकडीसहित भागेकी महिला भारतमा पक्राउ
पोखरामा स्वरुप परिवर्तन गरिएका ३५ वटा मोटरसाइकल प्रहरीको नियन्त्रणमा
पर्सा प्रहरीले सानोपाइला सहकारीको अनुसन्धान सक्यो, रवि लामिछाने विरूद्ध ५ करोडको बिगो माग
पोखरामा लागू औषधसहित २ जना पक्राउ
नवलपुरमा बाबुआमाले जाँड–रक्सी खाएर लछारपछार गर्दा चार महिने शिशुको मृत्यु
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
भीमाद नगरपालिकाका प्रथम मेयर थापाको निधन