पोखरा – कास्की प्रहरीले अवैध घरेलु मदिरा सहित मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ वरामद गरी नष्ट गरेको छ ।
पोखराका बिभिन्न स्थानमा घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण गरिएको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले गरेको खोजतलास तथा अनुसन्धानका क्रममा १० लिटर तयारी घरेलु मदिरा सहित मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ ४०० लिटर वरामद गरी नष्ट गरिएको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।
हमालका अनुसार वडा प्रहरी कार्यालय रामबजार बाट खटिएको प्रहरीको टोलीले धादिङ जिल्ला बैरेनी गाउँपालिका घर भइ हाल पोखरा -११ फूलबारीस्थित चन्द्र कुमारी गुरुङको घरमा डेरा गरी बस्ने सुन्तली श्रेष्ठको डेरा कोठाबाट १५० लिटर कच्चा पदार्थ (चिनी, मर्चा, कोदो) र ओखलढुंगा घर भइ सोही घरको डेरामा बस्ने राधिका थापा मगरको डेरा कोठाबाट १५० लिटर मदिराजन्य कच्चा पदार्थ र १० लिटर तयारी मदिरा वरामद गरी नष्ट गरेको छ ।
यस्तै वडा प्रहरी कार्यालय रामबजार बाट नै खटिएको प्रहरीको टोलीले पोखरा -१४ मनकामना टोल बस्ने टेक बहादुर गुरुङको घरबाट १०० लिटर मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ वरामद गरी नष्ट गरिएको प्रवक्ता हमालले जानकारी दिए ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते