काठमाडौं भित्रिन र बाहिरिन कडाई, सवारी पास बन्द

काठमाडौं भित्रिन र बाहिरिन कडाई, सवारी पास बन्द

kathmandu-naka_20200624073437

काठमाडौं । कोरोना भाइरस संक्रमणको दर बढ्दै गएपछि काठमाडौबाट बाहिरिन तथा भित्रिनका लागि सवारी पास बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहिबार सूचना प्रकाशन गर्दै गृह मन्त्रालयको निर्देशनअनुसार काठमाडौंबाट अन्य जिल्लामा जानका लागि दिइदै आएको पास र काठमाडौं भित्रिनका लागि दिइने पास पनि बन्द गरिएको जनाएको छ ।

अर्को व्यवस्था नभएसम्मका लागि पास वितरण बन्द गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले जनाएका छन् । कोरोना भाइरस संक्रमण बढेसँगै अन्तरजिल्ला प्रवेशमा कडाई गर्न गृह मन्त्रालयले सम्पूर्ण जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds