पोखरा महानगरपालिकामा १३ करोड आर्थिक अनियमितता भएको भन्दै चौतर्फी आलोचना भइरहँदा सत्तारुढ दलकै अनेरास्ववियूको एक टोलीले मौन प्रदर्शन गरेको छ । विहीबार पूर्वान्ह पोखरा महानगर परिसरमा भेला भएका उनीहरुले हातमा कुचो र ‘मेयर साहेब, १३ करोड खै ?’ लेखेको प्लेकार्ड बोकेर उभिए ।
त्यसपछि गेटदेखि कार्यालयको प्रवेश ढोकासम्म कुचोले बढारे । महानगर भ्रष्टाचार र अनियमिताको आहालमा डुबेकाले अब यसबाट सफा हुनुपर्छ भनेर संकेत स्वरुप कुचोले बढारेको अनेरास्ववियुका केन्द्रिय सदस्य राजन शर्मा पराजुलीले बताए ।

महानगरले अनियमितता छानविनका लागि छानविन आयोग नै बनाएर जनतालाई प्रष्ट पार्नुपर्ने उनले बताए । ‘अनियमितता र भ्रष्टाचारबाट आजित भएर जनताले सुशासन र समृद्धिका लागि कम्युनिष्टलाई भोट दिएका हुन् । झनै यसरी भ्रष्टाचारमा डुब्नु भनेको जनतालाई धोका हो । जनप्रतिनिधिको यस्ता हर्कतले भोलि पार्टीलाई नै घाटा निश्चित छ । नागरिकप्रति जनप्रतिनिधि उत्तरदायी हुनुपर्छ । यो अनियमिता कसरी हुन पुग्यो ? मेयर साबले तुरुन्त छानविन गर्नुपर्छ । जनताको उत्तर चित्तबुझ्दो हिसाबले दिनुपर्छ ।’ – पराजुलीले भने ।

महानगरपालिका कार्यालयले १३ करोड रुपैंया हिनामिना नभएको स्पष्ट पार्दै १ करोड ७३ लाख ११ हजार ९ सय ७८ को हिसाब मिल्न बाँकी रहेको स्वीकार गरेको छ । महानगरका मेयर मानबहादुर जिसी र उपमेयर मञ्जुदेवी गुरुङले संयुक्त विज्ञप्ती जारी गर्दै निष्पक्ष छानविन गरेर संलग्नलाई कडा कारवाही गर्ने बताइसकेका छन् ।

सम्बन्धित खबर
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो