तनहुँ । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेललाई कोरोना संक्रमण देखिएपछि तनहुँको देवघाट गाउँपालिका सिल गरिएको छ ।
गाउँपालिका क्षेत्रमा कोरोना भाइरसको संक्रमण फैलिन सक्ने देखिएकाले गाउँपालिका क्षेत्र एक हप्ताका लागि सिल गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर थापाले जानकारी दिए ।
अध्यक्ष थापाका अनुसार बिहीबारदेखि एक हप्ता गाउँपालिका क्षेत्र सिल गर्ने निर्णयको जानकारी जिल्ला प्रशासन कार्यालयमा लेखेर पठाइएको छ ।
चितवनको भरतपुर प्रयोगशालामा गरिएको परीक्षणमा देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलसहित दुई जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
गाउँपालिकामा दुई जना मात्रै संक्रमित छन् ।
क्षेत्र विकास समितिका अध्यक्ष पौडेलसँग सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक ट्रेसिङको काम भइरहेको गाउँपालिका अध्यक्ष थापाले बताए ।
पौडेलले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफू कोरोना संक्रमित भएको जानकारी दिएका थिए ।
उनले आफ्नो स्वास्थ्यमा कुनै समस्या नआएको र आफू ठिक अवस्थामा रहेका बताएका छन् ।
आफ्नो स्वास्थ्यलाई लिएर चिन्ता नलिन आग्रह गर्दै आफूसँग पछिल्ला केहीदिन यता सम्पर्कमा आएकाहरुलाई क्वारेन्टिनमा बसिदिन र कोरोना परीक्षण गराउन आग्रह समेत गरेका छन् ।
सम्बन्धित खबर
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो