फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मेन ९पिएसजी० २५ वर्षपछि युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ।
बुधबारबाट पोर्चुगलको लिस्बनमा सुरू भएको क्वार्टरफाइनलको प्रतिस्पर्धामा पिएसजीले इटालियन क्लब एटलान्टमाथि २-१ को रोमाञ्चक जित हात पारेर अन्तिम चारमा स्थान पक्का गरेको हो।
खेलमा अग्रता भने एटलान्टाले लिएको थियो। एटलान्टाका लागि पलासिकले २६ मिनेटमा गोल गरेका थिए।
पहिलो हाफमा १-० ले पछि परेको पिएसजीले दोस्रो हाफको सकिन दुई मिनेट बाँकी छदासम्म गोल फर्काउन सकेन।
खेल सकिन एक मिनेट बाँकी छदा पिएसजीका लागि मार्क्विन्होसले बराबरी गोल फर्काउन सफल भए। सो गोल गर्न नेइमारले पास उपलब्ध गराएका थिए।
पिएसजीले दोस्रो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा गोल गर्दै अग्रता लियो। पिएसजीका लागि म्याक्सिम चोउपो मोटिङले गोल गर्दै क्लबलाई रोमाञ्चक जित दिलाए। यसपटक केलियन एमबाप्पेले पास दिए।
अन्त्यमा पिएसजीले गरेका दुई गोलबीच १४९ सेकेन्डको अन्तर थियो।
लिगअन्तर्गत बिहीबार राति जर्मन क्लब आरबी लेइपजिग र स्पेनिस क्लब एट्लेटिको म्याड्रिडबीच प्रतिस्पर्धा हुनेछ। खेलको विजेतासँग पिएसजीले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते