पोखरा – गण्डकीमा थप ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य निर्देशनालयको पछिल्लो अद्यावधिक विवरण अनुसार प्रदेशका तीन जिल्लाका ६ जनामा कोरोना पुष्टी भएको निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
संक्रमितहरु कास्की, नवलपुर र तनहुँ जिल्लाका छन । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पीसीआर परीक्षणमा कास्कीको पोखरा महानगरपालिका वडा नं -२७ का ३२ र ४४ बर्षका पुरुष र ३१ बर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको छ ।
यस्तै तनहुँको भिमाद नगरपालिका -६ का ३९ बर्षीय पुरुष र नवलपुर कावासोती नगरपालिका -१७ का ४१ बर्षीय पुरुष र अर्का वडा नखुलेको २७ बर्षका पुरुषमा कोरोना संक्रमण पुष्टी भएको निर्देशनालयले जनाएको छ।
संक्रमित व्याक्तिहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा राखिएको छ । यो संगै गण्डकीमा कोरोना संक्रमितको संख्या १६५६ पुगेको छ ।
सम्बन्धित खबर
६५ वर्षीय एक पुरुष मृत फेला
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
अयरपानीमा आँधीखोला फाउन्डेसनको परिकल्पना
वन उद्यम स्थापना सम्बन्धी अभिमुखीकरण एवं कार्यशाला गोष्ठी
दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव शुरु
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते