किन झम्झमाउँछ हातखुट्टा ?

किन झम्झमाउँछ हातखुट्टा ?

khutta

धेरै मानिसमा खुट्टा झमझमाउने समस्या नै भएको छ । तपाईँको पनि कुनै न कुनै बेला खुट्टा निदाउँने वा झम झम्झम् गरेकोे महसुस गरेको हुनुपर्छ । एकैठाँउमा नचलिकन बस्दा वा खुट्टा खुम्च्याएर बस्दा प्राय खुट्टा निदाउने गरेको पाइन्छ ।

खुट्टा भारी भएजस्तो हुने, स्पर्श अनुभव गर्न नसक्ने, झन्झनाहट हुने अवस्थालाई खुट्टा निदाएको भनिन्छ । खुट्टामा दवाव पर्न जाँदा यस्तो हुने गर्छ ।

हाम्रो शरीरमा स्नायुकोष (नर्भ)ले मस्तिस्कसम्म पुरयाउने काम गर्छ । शरीरका अन्य भागमा जस्तै खुट्टामा पनि कैयौँ स्नायुको कोषहरु हुने गर्छ ।

खुट्टामा दवा पर्न जाँदा रक्तसञ्चार प्रणाली अवरुद्ध हुन्छ । जस्ले गर्दा प्रशस्त रगत र त्यसको साथमा अक्सिजन प्रर्याप्त पुग्न पाउदैन । यसले गर्दा खुट्टामा स्नायुहरु केही समयको लागि निस्कृय हुन्छन् र बाह्य सन्देश मस्तिस्कसम्म पुग्न सक्दैन् । यसले गर्दा खुट्टा झम झम गर्ने स्पर्श अनुभव गर्न नसकिने र भारी भएको महशुस हुन्छ ।

जव खुट्टामा दवाव हट्छ अथवा खुट्टा चलाइन्छ अथवा मालिस गरिन्छ रक्तसञ्चार पुन नियमित भई खुट्टा निदाउने समस्या हटछ् । एजेन्सी

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ