थप ४८४ जनामा कोरोना पुष्टि, मृत्यु हुनेको संख्या ९१ पुग्यो

थप ४८४ जनामा कोरोना पुष्टि, मृत्यु हुनेको संख्या ९१ पुग्यो

corona

symbolic picture

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले ४८४ जना संक्रमित थपिएको जानकारी दिएका छन् ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ७ हजार ६१३ रहेको छ भने डिस्चार्ज भएकासहित अहिलेसम्मका कुल संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा १० हजार ४८१ नमुनाको पिसिआर परिक्षण भएको छ भने अहिलेसम्म कुल ४ लाख ७३ हजार १७९ नमुनाको पिसिआर परिक्षण भएको छ ।

त्यस्तै अहिले देशभरमा १४ हजार ८४६ जना क्वारेन्टाइनमा रहेका छन् भने ७ हजार ६१३ जना आइसोलेसनमा रहेका छन् ।

अहिलेसम्म नेपालका ७७ वटै जिल्लामा संक्रमण देखिएकोमा ६ जिल्ला कोरोना मुक्त भएका छन् । जसमा खोटाङ, धनकुटा, मनाङ, मुस्ताङ, डोल्प्पा र हुम्ला रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनामा ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९१ पुगेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ