लेकसाइडका संक्रमित ‘होटल स्टाफ’, पोखरा १६ का संक्रमित ‘कार्पेन्टर’

लेकसाइडका संक्रमित ‘होटल स्टाफ’, पोखरा १६ का संक्रमित ‘कार्पेन्टर’

city-of-pokhara

पोखरामा बुधबार बिहान दुई जनामा कोरोना संक्रमण पुष्टि भयो । पोखरा ६ का २३ वर्षका पुरुष र पोखरा १६ का ५४ वर्षका पुरुषमा कोरोना देखियो ।

पोखरा ६ बैदाम ठेगानाका ति पुरुष लेकसाइडका एक होटलका कर्मचारी रहेको बुझिएको छ । उनलाई होटलमा काम सुरु गर्नु अघि पीसीआर परीक्षणका लागि अस्पताल पठाइएको र रिपोर्ट पोजिटिभ आएको हो । वडाध्यक्ष जगत बहादुर पहारीले ति संक्रमित काम गर्दै आएको होटल फेरेर अर्को होटल जानु अघि कोरोना परिक्षण गरेको बुझिएको जनाएका छन् ।

उनी कोठामै बस्ने भएकाले ट्राभल हिस्ट्री नभएको वडा श्रोतले जनाएको छ । उनलाई आइसोलेसनमा लगिसकिएको र उनको सम्पर्कमा आएका ब्यक्तिहरुको खोजपड्ताल सुरु भएको जनाइएको छ । यससँगै लेकसाइडमा संक्रमितको संख्या दुई पुगेको छ । मंगलबार सिद्धार्थ बैंकका कर्मचारीमा कोरोना देखिएको थियो ।

यस्तै, पोखरा १६ मा संक्रमण पुष्टि भएको ब्यक्ति कार्पेन्टर भएको खुलेको छ । उनको घर पोखरा बाहिर रहेपनि व्यवसायको सिलसिलामा पोखरामै रहेको बुझिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ