घरबाहिर ननिस्कन आम नागरिकलाई पोखरा १९ को आग्रह

घरबाहिर ननिस्कन आम नागरिकलाई पोखरा १९ को आग्रह

ward-19

पोखरा महानगरपालिका वडा नं. १९ ले कोरोना भाइरसको संक्रमण फैलिंदै गएकाले कोहि पनि घरबाहिर ननिस्कन आम नागरिकलाई आग्रह गरेको छ । वडाध्यक्ष शोभामोहन पौडेलले एक अपिल जारी गर्दै यस्तो आग्रह गरेका छन् ।

उनले आज बुधबार बिहान ५ बजेदेखि लागू हुने गरी अर्को सूचना जारी नभएसम्मका लागि कोही पनि घर बाहिर ननिस्कन र अत्यावश्यक बाहेकका व्यापार व्यवसाय पनि सञ्चालन नगर्न आग्रह गरे । पोखरा-१९ स्थित भक्तिपथ बस्ने एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । उनको सम्पर्कमा रहेका ६७ जनामा पिसिआर टेष्ट गर्दा गत साउन २३ गते ६ जनामा कोरोना पुष्टि भएको थियो । निज ६ जनाको कन्ट्याक्ट ट्रेसिङको आधारमा ८३ जनाको दास्रो पटक पिसिआर टेष्ट गर्दा पुनः ४ जनामा कोरोना संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds