पोखरा ५ र २६ मा भेटिए कोरोना संक्रमित, गण्डकीमा १६२० पुग्यो

पोखरा ५ र २६ मा भेटिए कोरोना संक्रमित, गण्डकीमा १६२० पुग्यो

Corona Trot Swap

पोखरा महानगरपालिका वडा नं. ५ मा पनि कोरोना संक्रमित फेला परेका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार पोखरा ५ मा ३७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै, पोखरा २६ मा पनि एक जना कोरोना संक्रमित भेटिएका छन् । ४० वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशका कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा.विनोद विन्दु शर्माले जानकारी दिए ।

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६२० पुगेको छ । गत २४ घन्टामा क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको कुल ५६३ नमुना परिक्षणमा गण्डकी प्रदेशमा नयाँ ८ जना संक्रमित थप भएका हुन् । सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको जनाइएको छ ।

गत २४ घण्टामा क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा कुल ६०९ नमुना परिक्षण भएको छ । जसमा क्षयरोग उपचार केन्द्र, पोखरामा नवलपुर  ९, तनहुँ ५९, लमजुङ ३०, स्याङजा १५६, पर्बत ४२, बाग्लुङ २५, म्याग्दी १०६ र कास्की १३६ नमुना परिक्षण भएको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा कास्कीका ४६ नमुना परिक्षण भएकोमा सबैको परिणाम नेगेटिभ आएको छ ।

यसैगरी, गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १४७० पुगेको छ, जसमा गत २४ घन्टामा कास्कीबाट ७ जना व्यक्तिहरु निको भई डिस्चार्ज भएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ