पोखराको पर्स्याङमा आइतबार राति बस दुर्घटना भएको छ । पोखरा महानगरमा गुड्ने ग१ख ६७८२ नम्बरको बस सडकको बिचमा रहेको डिभाइडरमा ठोकिएको हो । बसको ठक्करबाट भर्खरै हालिएको नयाँ डिभाइडरमा क्षति पुगेको छ । राति पौने ११ बजेतिर दुर्घटना भएका कारण बसमा यात्रु भने थिएनन् ।
बसमा भएका चालक र सहचालक सामान्य घाइते भएका थिए । दुर्घटना पश्चात उनीहरु भागेको र भाग्ने क्रममा देख्दा चालकले मापसे सेवन गरेको स्थानीयले आशंका गरेका छन् । डिभाइडरमा ठोकिएपछि बसको अगाडि भागको सिसा फुटेको छ भने अगाडि कुच्चिएको पनि छ ।
तस्वीरः कञ्चन थापा
सम्बन्धित खबर
भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले गरे मुक्तिनाथको दर्शन
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ