काठमाडौँ । गृह मन्त्रालयले सातवटा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा तथा पदस्थापन गरेको छ । गृह मन्त्रालयले म्याग्दी, मुस्ताङ, मनाङ, प्युठान, रौतहट, दैलेख र रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको हो।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मन्त्रीस्तरीय निर्णय अनुसार प्रमुख जिल्ला अधिकारीको सरुवा गरेका हुन् ।गृहमन्त्रालयका सह–प्रवक्ता उमाकान्त अधिकारीलाई म्याग्दी सरुवा गरिएको छ । यस्तै, मुस्ताङको प्रजिअमा हिरादेवी पौडेल र मनाङमा ध्रुव गिरीलाई सरुवा गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटमा उमेश बस्नेतलाई सरुवा गरिएको छ । दैलेखमा सन्त बहादुर सुनारलाई सरुवा गरिएको छ । प्यूठानको प्रमुख जिल्ला अधिकारीमा खिमराज भुसाल, राज कुमार राईलाई जिल्ला प्रशासन कार्यालय रुकुम पुर्व सरुवा गरिएको छ ।
सम्बन्धित खबर
मनाङमा लेक लागेर एक पर्यटकको मृत्यु
मुस्ताङ र मनाङमा बाह्य पर्यटकको चहलपहल बढ्न थाल्यो
मनाङमा बेमौसमी हिमपात, फूमा ६ इन्च हिउँ
लेक लागेर मृत्यु हुने पर्यटकको सङ्ख्या बढ्दो
मनाङमा भूकम्पको धक्का
मनाङमा मौलिक घर हराउँदै
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते