काठमाडौं । सरकारले अति आवश्यक काम नपरी घरबाट बाहिर नजान आग्रह गरेको छ । कोरोना घरभित्र आउन नदिन सबै सुरक्षाका उपाय पालना गर्न सरकारले आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले घरबाट बाहिर निस्कँदा अनिवार्य मुख छोपिने गरी मास्क लगाउन आग्रह गरे ।स्वास्थ्य सुरक्षाका अभ्यासहरुसँगै अति आवश्यक काम नपरी घरबाहिर नजान पनि आग्रह गरेको छ ।
विशेष गरी खाद्यान्न, तरकारी र फलफूल पसलमा केही नभएजस्तो गरेर अर्को व्यक्तिसँग नजिकै गएर सामान किन्न हतार गरिरहेको भेटिएको उनले बताएका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पत्रकार सम्मेलनमा भने:
“काठमाडौं उपत्यकाजस्तै घनाबस्ती भएका सहरहरुमा कोरोना संक्रमितहरुको संख्या बढिरहेको छ, संक्रमण बढ्दै गए पनि पसल, कार्यालय, सार्वजनिक स्थान, सवारी साधनमा र खासगरी लाइनमा बस्दा कतिपय व्यक्तिहरुले जनस्वास्थ्यका मापदण्ड अपनाएको देखिँदैन । बिना सावधानी अपनाइ हामी यातायतका साधनमा बसिरहेका छौं, पाहुना वा साथीभाइसँग हुहाल गरी चाडपर्व पनि मनाइरहेका छौं । कार्यालयहरुमा अझै पनि बैठक गर्ने, सभा सम्मेलन गर्ने कार्यलाई निरन्तरता दिइएको पाइन्छ । यस्तै स–साना व्यवहारहरु र हतार गर्ने बानीले नै हामीलाई कोरोनाको जोखिममा पारिरहेको छ र संक्रमण बढिरहेको छ । कार्यालय, पसल, यातायातका साधन वा जहाँ पनि एक अर्कोसँग सधैँ कम्तिमा दुई मिटर टाढा बसौँ, कुनै पनि बस्नु वा सतह छोएपछि, कार्यालय वा घरभित्र छिर्दा साबुन पानीले मिचिमिच कम्तिमा २० सेकेन्डसम्म हात धोऔँ वा हात फोहोर छैन भने अल्कोहल भएको स्यानिटाइजरको प्रयोग गरौँ । जथाभावी नथुकौँ । अनि आवश्यक काम नपरी घरबाट बाहिर नजाऔँ वा एक ठाउँबाट अर्को ठाउँको यात्रा नगरौँ,” प्रवक्ता डा. गौतमले भनेका छन्, “घरमा पाहुना नबोलाऔं र पाहुना बन्न पनि नजाऔं । यदि कोरोना संक्रमित स्थानबाट आउनु भएको छ वा विदेशबाट आउनुभएको छ भने अवश्य १४ दिनसम्म सरकारले बनाएको मापदण्ड पालना गरी क्वारेन्टिनमा बसौँ ।”
सम्बन्धित खबर
रवि लामिछाने आज रूपन्देही जिल्ला अदालतमा उपस्थित हुँदै
तराईमा हुस्सु, गण्डकीसहित यी प्रदेशमा हिमपातको सम्भावना
एमालेले ०८२ साल भदौमा विधान अधिवेशन गर्ने, वामदेवसँग सहकार्य गर्ने निर्णय
आशिका तामाङमाथि अनुसन्धानका लागि ५ दिनको म्याद थप
मधेश प्रदेशका स्वास्थ्यमन्त्री चढेको गाडी दुर्घटना, मन्त्री सिंह घाइते
आज देशभरको मौसम कस्तो रहन्छ?
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
गोवामा प्याराग्लाइडिङ गर्ने क्रममा दुर्घटना हुँदा नेपाली पाइलटसहित दुईजनाको मृत्यु
विद्यार्थी घटेपछि पर्वतका दुई क्याम्पस गाभिए