राष्ट्रपतिलाई काेराेना संक्रमितकाे संख्या बढेकाेमा चिन्ता

राष्ट्रपतिलाई काेराेना संक्रमितकाे संख्या बढेकाेमा चिन्ता

Bidya_Devi_Bhandari_President_rastrapati

काठमाडौं । राष्ट्रपति विद्या देवी भण्डारीले हालैका दिनमा कोरोना संक्रमितको संख्या बढेकामा चिन्ता व्यक्त गरेकी छन् ।

शुक्रबार कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेल र अन्य मन्त्रीहरु सँगको भेटमा उनले कोरोना भाइरसको रोकथामका लागि सरकारले जारी गरेका निर्देशन र मापदण्ड पालना गर्नुपर्ने बताइन् ।

कोरोना भाइरस महामारीको रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदम र यसका लागि अपनाएका उपाय प्रभावकारी रहेको भन्दै राष्ट्रपति भण्डारीले बन्दाबन्दीको कारण शहरी क्षेत्रमा दैनिक ज्यालादारी गर्नेलगायत निजी क्षेत्रका उद्योग व्यवसायका श्रमिकले रोजगारी गुमाउनुपरेकामा चिन्ता व्यक्त गरिन् ।

उपप्रधानमन्त्री पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोभिड-१९ महामारीको रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले हालसम्म गरेका कामबारे राष्ट्रपतिलाई जानकारी गराएका राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ