पोखरा – पोखराका पृथ्वीनारायण क्याम्पसमा आंशिक प्राध्यापकहरुले क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड गरेका छन् । क्याम्पस प्रमुखको कार्यकक्षमा तोडफोडबाट झ्यालका सीसा फुटेका र केही कुर्सीमा समेत क्षति पुगेको छ ।
पृथ्वीनारायण क्याम्पसमा २१४ जना आंशिक प्राध्यापक छन् । ज्ञापनपत्र बुझाई तालाबन्दी गर्न जाँदा प्रमुखले समय नदिई बैठकको बहानामा भेट्न नखोजेपछि शिक्षकको समूहले तोडफोड गरेको हो ।
आंशिक पदमा करिब १४ वर्षदेख कार्यरत शिक्षकहरुले करारको माग गरिरहेका छन् । हालसम्म क्याम्पस प्रशासनले माग पुरा गर्न चासो नदेखाएपछी उनीहरु आक्रोशित भई तोडफोड गर्न बाध्य हुन ।
अध्यक्ष गौतमका अनुसार क्याम्पसको ७० प्रतिशत कार्यभार आफूहरुले पूरा गरेको तर समान ज्याला नपाएको भन्दै क्याम्पसका आंशिक प्राध्यापकहरुले लामो समयदेखि आन्दोलन गर्दै आइरहेका थिए । उनीहरुले समान कामको समान ज्याला पाउनुपर्ने भन्दै माग गर्दै आइरहेका थिए ।
उनीहरु अब माग पूरा नभएसम्म आन्दोलन नरोकिने र आवश्यक परे सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् ।
- यसबारे क्याम्पस प्रमुख प्रा डा. सरोज कोइरालाले समस्या समाधान गर्न केन्द्रसँग निरन्तर संवादमा रहेको र सोमबारसम्म समस्या किनारा लाग्ने भन्दै आशावादी हुन आग्रह गरेका छन् । शिक्षक र प्रमुख कोइरालासँग भएको वार्तामा केन्द्रसँग प्रत्यक्ष संवाद गरी समस्या समाधानार्थ आफु उन्मुख भएको उनले जानकारी दिए ।
सम्बन्धित खबर
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो