कक्षा ११ को परीक्षा नलिनु: राष्ट्रिय परीक्षा बोर्ड

कक्षा ११ को परीक्षा नलिनु: राष्ट्रिय परीक्षा बोर्ड

neb

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा नगर्न सबै विद्यालयहरुलाई निर्देशन दिएको छ । बोर्डले शुक्रबार एक सूचना जारी गर्दै सरकारबाट अर्को निर्णय नभएसम्मका लागि कक्षा ११ को परीक्षा नगर्न निर्देशन दिएको हो ।

कोरोना भाइरसको संक्रमणका कारण सरकारले हालसम्म विद्यालय सञ्चालनको निर्णय नगरेको अवस्थामा केही विद्यालयहरुले परीक्षको कार्यतालिका सार्वजनिक गरेका थिए ।

‘कोभिड १९ को सङ्क्रमणका कारण नेपाल सरकारले हालसम्म विद्यालय पुनः सञ्चालनको निर्णय गरिनसकेको अवस्थामासमेत केही विद्यालयले कक्षा ११ को परीक्षासम्बन्धी कार्यक्रम सार्बजनिक गरेको पाइएको हुँदा सोबाट विद्यार्थी तथा अभिभावकहरुमा त्रासको वातावरण सिर्जना हुन गएकाले नेपाल सरकारबाट विद्याल पुनः सञ्चालनको निर्णय नभएसम्मका लागि परीक्षा सञ्चालनसम्बन्धी कार्य नगर्नु नगराउनु हुन सूचित गरिन्छ,’ बोर्डको सूचनामा भनिएको छ

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds