आफ्नै छोरीलाई जबर्जस्ती गरेको आरोपमा लेखनाथका एक ब्याक्ति पक्राउ

आफ्नै छोरीलाई जबर्जस्ती गरेको आरोपमा लेखनाथका एक ब्याक्ति पक्राउ

Stop Violence Children And Abuse In Family Concept

सांकेतिक तस्वीर

पोखरा –  आफ्नै छोरीलाई जबर्जस्ती गरेको आरोपमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पोखरा लेखनाथका एक ब्याक्तिले राति अन्दाजी ११ /१२ बजेको समयमा मादक पदार्थ सेवन गरी आफ्नै १४ बर्षीया छोरीमाथि जबर्जस्ती गरेको आरोपमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।

पीडित युवतीकी आमाले नै छोरीलाई जबर्जस्ती गरेको देखेको भन्दै प्रहरीकोमा उजूरी दिएकी थिइन । उजूरीका आधारमा आरोपित बाबुलाई पक्राउ गरी अनुसन्धान कार्य अगाडी बढाइएको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले गण्डक न्यूजलाई जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds