पोखरा – गण्डकी प्रदेशका सांसद रामजीप्रसाद बराल (जीवन) ले सुइखेल खोला नियन्त्रण गर्न पहल गर्ने बताएका छन् । स्थानियको आग्रहमा विहिबार सुइखेत खोलाको अवलोकन गर्दै सांसद बरालले आफ्नो क्षेत्रबाट सक्दो पहल गरी सुइखेल खोला नियन्त्रण गर्न सहयोग गर्ने बताएका हुन्।
सुइखेत खोला व्यबस्थित पार्न नसक्दा स्थानियलाई धेरै दुःख भएको आफु जानकारी भएको उल्लेख गरेका सांसद बरालले तत्काल सुइखेत खोलाबाट प्रभावित भएको बस्ती संरक्षण गर्न, खानेपानीको ब्यबस्था गर्न सम्बन्धित निकायमा बिषेश पहल गर्ने जनाए । सांसद बरालले शेराटोल क्षेत्र जाने पुलको समेत अवलोकन गर्दै हेमजा सुइखेतको खोला नियन्त्रणको लागि दीर्घकालिन सोचका आधारमा काम गर्नु पर्ने उनको जोड थियो ।
उनले भने “ सुइखेल नियन्त्रणमा जे जति कामको प्रभारम्भ भएको छ संघियताको मर्म अनुसार प्रदेश सरकार गठन भएसंगै केही काम भएको हो, विस्तारै केही काम हुन्छ, बजेटमा समेटिएकोले अब क्रमागत रुपमा समेटिदै जाने भएको छ ।” सांसद बरालले परापूर्वकालमा बनेको सार्वजनिक खरिद ऐन हालको समयमा समय सान्दर्भिक नभएको गुनासो गरे । भूमि बैंक बनाउनु पर्ने समय अनुकुल सार्वजनीक खरिद ऐन समेत स्थापना गर्नु पर्ने उनको जोड थियो । यस बर्ष ठुलो बर्षाद हुदा बाढी पहिरोले धेरै क्षेत्रमा क्षति पुर्याएको उनले बताए ।
सुइखेत फेदी खोला नियन्त्रण समितिका तिर्थराज लुइटेन, पोखरा २५ का नेकपा पार्टी अध्यक्ष माधवशरण पौडेल, स्थानिय बाबुराम पौडेल, देविप्रसाद अधिकारी, विरभद्र आचार्य लगायतले सुइखेतको खोला तत्काल नियन्त्रण गर्न एक सय थान तार जाली र ६ सय मिटर खानेपानी पाइप उपलब्ध गराउन माग गरेका छन्। साथै उनीहरुले सुइखेतको बस्ती नै जोखिममा परेकोले दीर्घकालिन रुपमा व्यबस्थापन गर्न माग समेत गरेका हुन्। शेराटोलका क्षेत्रबहादुर राना मगरले आफ्नो क्षेत्रमा पुल भन्दा अन्य क्षेत्रबाट खोला अनियन्त्रित हँुदा आफ्नो क्षेत्रको करिब ५० प्रतिशत जसो बस्ती नै विस्थापिन हुन बाध्य भएको दाबी गरे ।
उनका अनुसार शेराटोल क्षेत्रमा करिब ४५ घर परिवार रहेको थियो । सुइखेतका क्षेत्रका स्थानियले सुइखेल खोला पारी करिब २ किलोमिटर टाडाबाट ल्याएको पानी प्रयोग गर्दै आए पनि बर्षाद सुरु भए देखि अन्त्य नभएसम्म धमिलो पानी र आकासको पानी पिउन बाध्य भएको स्थानियको गुनासो छ । सुईखेल खोला नियन्त्रणमा प्रदेश सरकारले यस बर्ष बजेटमा सम्बोधन गरेको छ भने पोखरा महानगरपालिकाले एक करोड ५ लाख रुपैया बराबरको तटबन्दन गरेको स्थानियले जनाए ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते