गण्डकी प्रदेशमा जाेरबिजाेर लागू नहुने

गण्डकी प्रदेशमा जाेरबिजाेर लागू नहुने

Gandaki Province 1

पोखरा । सरकारले आजदेखि जोरबिजोर प्रणाली लागु गरेको छ । दुई सय भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लामा मात्र यो व्यवस्था लागू हुने भएकाले गण्डकी प्रदेशका कुनै जिल्लामा पनि यो प्रणाली लागू नहुने भएको छ

संक्रमण भएको तर निको भइनसकेकाहरू नै सक्रिय संक्रमित हुन्। स्याङ्जामा समुदायस्तरमै कोरोना फैलिएकाले स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । यी बाहेक १० जिल्लामा सक्रिय केस २०० बढी भएको कुनै जिल्ला छैन ।

गृह मन्त्रालयले काठमाडौं उपत्यकामा पनि यो नियम लागू गर्न निर्देशन दिएको छ। २ सय भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लामा बेलुका ९ देखि बिहान ५ बजेसम्म आवागमनमा समेत रोक लगाइएको छ।

२ सयभन्दा बढी सक्रिय कोरोना संक्रमित रहेका जिल्लामा बिहीबारदेखि सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्न निर्देशन दिइएको गृह मन्त्रालयलये जानकारी दिएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ