बालगृहका बालबालिकालाई टिम नेपो तनहुँद्वारा स्कुल ड्रेस र झोला सहयोग

बालगृहका बालबालिकालाई टिम नेपो तनहुँद्वारा स्कुल ड्रेस र झोला सहयोग

rbt

rbt

तनहुँ । टिम नेपो तनहुँले आफ्नो स्थापना दिवसको अवसरमा बालगृहका बालबालिकालाई स्कुल ड्रेस र झोला सहयोग गरेको छ ।

संस्थाले आफ्नो स्थापना दिवसको अवसरमा व्यास-१० मा रहेको उज्यालो घर बालगृहका बालबालिकालाई सहयोग गरेको हो ।

संस्थाले बालगृहका २ जना बालबालिकाको लागी स्कुल ड्रेस, झोला र जुत्ता सहयोग गरेको छ ।

सोही अवसरमा क्लबले बालबालिकासंग केक समेत काटेर आफ्नो स्थापना दिवस मनाएका थिए ।

७ जना सदस्यबाट सुरु भएर अहिले संस्थामा २५ जनामा सदस्य पुगेको संस्थाका निवर्तमान अध्यक्ष सुजन लौडारीले जानकारी दिए ।

संस्थाका अध्यक्ष गोविन्द तिमल्सेनाको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन संस्थाका सचिव मिन कुवरले गरेका थिए ।

सोही अवसरमा उज्यालो घर बालगृहको समेत पहिलो वार्षिकोत्सव मनाइएको थियो ।

अहिले बालगृहमा ५ जना बालबालिका रहेको बालगृहका अध्यक्ष सागर घिमिरेले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds