मेरै पार्टी नेकपामा गैरजिम्मेवारपन देखियो : प्रधानमन्त्री ओली

मेरै पार्टी नेकपामा गैरजिम्मेवारपन देखियो : प्रधानमन्त्री ओली

KP-Sharma-Oli-1

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ओलीले केही व्यक्ति र संस्थामा गैरजिम्मेवार देखिएको बताएका छन् ।

आफ्नै पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा पनि देखिएको उनले बताए ।

मंगलबार विज्ञहरुसँग भएको छलफलमा प्रधानमन्त्री ओलीले भने, ‘केही संस्था, व्यक्तिमा गैरजिम्मेवारपन देखिन्छ । त्यो अन्त खोज्न गइरहनु पर्दैन, मेरै पार्टीमा देखिन्छ ।’

उनले अघि भने, ‘२५ जनाभन्दा बढी जम्मा हुन दिएका छैनौं, मेरै पार्टीमा ४५० जनाको केन्द्रीय कमिटी तुरुन्त चाहियो भन्छन् । कहाँ बस्ने हो ? के गर्ने हो सोच केही छैन ? स्थायी कमिटी अहिले बस्नुपर्‍यो, भरे बस्नु पर्‍यो, यसबाहेक केही छैन ।

देश र जनताप्रति गम्भीर उदासिनता देखनउने र आफ्नो स्वार्थका पछाडि कुद्ने प्रवृत्ति देखिएको प्रधानमन्त्री ओलीले बताएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds