तनहुँ । तनहुँकाे याम्पाफाँटबाट मानसिक अवस्था कमजाेर भएको एक जना महिलाकाे उद्दार गरिएकाे छ ।
बन्दिपुर गाउँपालिका वडा नं. ५ पृथ्वी राजमार्ग क्षेत्रमा लामो समयदेखि अलपत्र/बेवारिसे अवस्थामा रहेकी महिलाको बन्दिपुर गाउँपालिका ५ नं. वडा कार्यालयको समन्वयमा उद्धार गरिएको हो ।
उद्दार गरिएको महिलाले आफ्नो नामथर र ठेगाना बताउन नसक्ने अवस्थामा रहेको बन्दिपुर गाउँपालिकाले जनाएको छ । ती महिला अन्दाजी ३८-३९ वर्ष जत्तिको देखिने बन्दिपुर गाउँपालिकाका अध्यक्ष थापाले जानकारी दिए ।
उद्दार गरिएको महिलालाई कोशिश नेपालले ललितपुरमा लगेर उपचार गर्ने जनाएको छ । काेशिश नेपालले उपचारका लागि ललितपुर लगेको काेशिश नेपाल तनहुँकी कार्यक्रम संयाेजक मनिषा थापाले बताईन ।
याम्पाफाँटदेखि ललितपुर सम्म बन्दिपुर गाउँ पालिकाले आफ्नै सवारीमा राखेर पठाएकाे बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए ।
अहिले महिलालाई उपचारका लागि पाटन अस्पतालमा भर्ना गरिसकिएको गाउँपालिकाका अध्यक्ष थापाले बताए । ‘यताबाट सबै ठाउँमा समन्वय गरेर पठाउने काम हाम्रो गाउँपालिकाले गर्यो’ अध्यक्ष थापाले भने ‘अब बाँकी उपचारका लागि सबै जिम्मा कोशिशले गर्छ ।’ उनले थपे ‘उद्धार गरिएको महिलाको पीसीआर टेस्ट गरेर मात्रै पठाईएको हो ।’
करिब ५ महिनादेखि उक्त याम्पाफाँट क्षेत्रमा सडकमै बस्दै आइरहेको भन्ने सुचना पाएलगत्तै उद्धारमा जुटेको गाउँपालिकाका अध्यक्ष थापाले बताए ।
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते