कोरोना पुष्टी भएका पोखराका संक्रमित ४ र ५ नम्वर वडाका

कोरोना पुष्टी भएका पोखराका संक्रमित ४ र ५ नम्वर वडाका

corona-affected

सांकेतिक तस्बिर ।

पोखरा – आइतबार पोखराका चार जना ब्याक्तिमा कोरोना पुष्टी भएको छ ।

स्वास्थ्य निर्देशनालयको पछिल्लो अद्यावादिक विवरण अनुसार स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणमा पोखराका २६ र २७ बर्षका पुरुष र ५८ र ७० बर्षका महिलामा कोरोना पुष्टी भएको निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

पुष्टी भएका संक्रमित पोखरा महानगरपालिका वडा नं -४ र ५ का ब्याक्ति भएको महानगरपालिका स्वास्थ्य माहाशाखाकी एक कर्मचारीले जानकारी दिइन । उनका अनुसार ५८ र ७० बर्षका महिला संक्रमित पोखरा -४ र २६ र २७ बर्षका पुरुष संक्रमित पोखरा -५ का रहेका छन ।

संक्रमित चारैजनालाई अहिले आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ । गण्डकीमा हालसम्म कोरोना संक्रमितको संख्या १५२४ पुगेको छ भने, निको भएर घर फर्कनेको संख्या १३०४ पुगेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds