किरण श्रेष्ठ, तनहुँ । कोरोना महामारीका कारण विद्यालयमा क्वारेन्टाइन बनाइएपछि देशमा केहि सामुदायिक विद्यालयहरूले टोलटोलमै कक्षा सञ्चालन गर्न थालेका छन् ।
त्यहि मध्ये एक हो तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित खैरेनी मावि । खैरेनी माविले शिक्षकलाई टोलमै पठाएर पढाउन थालेको हो ।
शिक्षक र विद्यार्थीहरुलाई मास्क र सेनिटाइजर लगाई सामाजिक दूरी भने अनिवार्य गरिएको छ । कोरोना भाइरसका कारण विद्यालय बन्द गरिएपछि विद्यार्थीहरु विद्यालय जान वञ्चित भएका छन् ।

गत चैतको पहिलो साता वार्षिक परीक्षा सम्पन्न भएसँगै विद्यालय बन्द छन् । सहरी क्षेत्रमा अनलाइन कक्षा सञ्चालन गरिए पनि ग्रामीण भेगमा इन्टरनेट सुविधा छैन ।
अनलाइन र रेडियो मार्फत गरेर कतिपय विद्यार्थी पहुच भन्दा बाहिर रहेका कारण विद्यालयमा पठनपाठन गर्न सम्भव नभएपछि टोलटोलमै गएर कक्षा सञ्चालन गर्न थालिएको खैरेनी माविका प्रधानाध्यापक केशवराज घिमिरेले बताए ।
लामो समय विद्यालय बन्द हुँदा विद्यार्थी समस्यामा परेकाले स्वअध्ययनको वातावरण सिर्जना गर्न पनि शिक्षकलाई टोलमै पठाएको उनको भनाइ छ । ‘हाम्रो विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि टोलटोलमा कक्षा सञ्चालन गरेका छौँ,’ प्रधानाध्यापक घिमिरेले भने ।

यसका लागि विद्यालयले टोलटोलमा रहेको सार्वजनिक स्थान, आमा समूहका भवन, सामुदायिक भवन र बसोवास नभएका घर रोजेको छ । तोकिएको ठाउँमा हरेक बिहिबार र शुक्रबार शिक्षक जाने गरेका छन् ।
त्यसवरिपरिका विद्यार्थी कक्षाका लागि आउने गरेका छन् । ‘विद्यार्थीले नजानेका कुरा सिकाउनु हुन्छ, गृहकार्य दिनु हुन्छ,’ प्रधानाध्यापक घिमिरेले भने, ‘लामो समय विद्यालय बन्द हुँदा विद्यार्थीमा पढ्ने बानी कम भएकाले टोलटोलमै गएर पढाउन थालिएको हो ।’
कोरोना भाइरस विपद् र महामारी विश्वभर फैलिरहँदा नियमित पठनपाठन गर्न समस्यामा परेका विद्यार्थीलाई रेडियो, टेलिभिजन र अनलाइन मार्फत वैकल्पिक शिक्षा प्रणालीअन्तर्गत पठनपाठन भइहेका बेला शिक्षकहरु गाउँमै खटिएका हुन् ।

कोरोना भाइरसका कारण विद्यालयहरु बन्द रहँदा वैकल्पिक शिक्षा प्रणालीबाट गाउँमा गएर शिक्षण कार्य गर्दा विद्यार्थीलाई सिकाइ कार्यमा सहज हुनुका साथै विद्यार्थीहरुमा पढ्ने बानीको विकास हुने प्रअ घिमिरे बताउछन ।
‘विद्यार्थी विद्यालयमा होइन विद्यालय विद्यार्थीको घरघरमा’ भन्ने अभियानका साथ टोल-टोलमा गएर पठन-पाठन सुरु गरिएको प्रअ घिमिरेले बताए ।
कक्षा १२ सम्म पढाइ हुने यो विद्यालयमा ९ सय ६७ जना अघिल्लो शैक्षिक सत्रमा रहेका विद्यार्थी संख्या हो, अहिले थप १८४ जना नयाँ छन् ।
विद्यालयले ६ वटा समुहमा शिक्षकहरुलाई विभाजन गरेर टोल-टोलमा पठाएको छ । हरेक समुहमा विभिन्न विषयका ६ देखि ७ जना शिक्षक रहेका छन् । हरेक समुहमा शिक्षकहरुको पनि लिडर चयन गरिएको प्रअ घिमिरे बताउछन ।

लिडरले आफ्नो समुहका शिक्षकहरुलाई सम्बन्धित स्थानमा ठिक समयमा लैजाने प्रअ घिमिरे बताउछन । प्रअ घिमिरे भने छड्के चेक गर्दै विभिन्न स्थानमा पुगिरहेका हुन्छन ।
शिक्षकको पनि समुह निर्माण गरेर पठाउदा टोलटोलमा पढाउन सजिलो भएको विद्यालयले जनाएको छ । करिब ९० प्रतिशत विद्यार्थी कक्षामा सहभागी भइरहेको प्रधानाध्यापक घिमिरेले बताए । अन्य बाकीं विद्यार्थीलाई पनि कक्षामा सहभागी गाउने प्रयास भईरहेको प्रअ घिमिरेले बताए ।
टोलमै कक्षा सञ्चालन भएपछि विद्यार्थीले पनि खुसी लागेको बताउछन् । कक्षा १० मा अध्ययरत सन्ध्या तिमिल्सिनाले अब पढाइ हुने आशा जागेको बताइन् ।

पढाइ हुन थालेपछि केही आशा जागेको छ,’ उनले भनिन् । कक्षा ९ को परीक्षा दिएर घरै बसिरहेकी उनले आफैँले पढ्दा बुझ्न गाह्रो भएको बताइन् । ‘कक्षा १० को पुस्तक त छ, तर विद्यालय जान नपाउँदा पढ्न सकिएको थिएन ।’
पढाइ नहुँदा मोबाइल र टिभीमा मात्रै झुन्डिरहने गरेको अभिभावकको गुनासो थियो तर टोलमै कक्षा सञ्चालन हुन थालेपछि अभिभावक पनि खुसी भएका छन् ।

अनलाइन कक्षा असार १ गतेदेखि सुरु गरेको घिमिरेले बताए । यसअघि रेडियोबाट समेत कक्षा संचालन गरिएको थियो तर उपलब्धि कम भएपछि अहिले टोल-टोल शिक्षक हुन् ।
अनलाइन कक्षा पनि संचालनमा
त्यस्तै विद्यालयले प्रविधि र इन्टरनेटको पहुँचमा रहेका कक्षा ८, ९ र १० का विद्यार्थीलाई अनलाइन कक्षा निरन्तर संचालन गरिरहेको प्रअ घिमिरेले बताए । अनलाइन कक्षा बिहान ७ बजेदेखि ९ बजेसम्म संचालन हुने घिमिरेले जानकारी दिए । कक्षा १० को ६ वटा र अन्यको ३ वटा विषयको अनलाईन कक्षा संचालन भईरहेको प्रअ घिमिरेले बताए ।

घरबाटै परिक्षा लिने तयारीमा विद्यालय जुटेको प्रअ घिमिरे बताउछन । ‘हामिले पहिले विद्यार्थीलाई नमुना प्रश्न र उत्तर दिन्छु ।’ प्रअ घिमिरेले भने ‘त्यसको केहि दिनमा घर बाटै परिक्षा लिनेछौ ।’
विद्यार्थीका परिवारलाई विद्यालयले समन्वय गरि टाई सस्थाको सहयोगमा खाद्यान्न समेत सहयोग गरेको प्रअ घिमिरेले जानकारी दिए ।
कक्षा ११ को परिक्षा विद्यालय मै
विद्यालयले कक्षा ११ को परिक्षा भने आफ्नै भवनमा लिने बताएको छ । ८४ जना रेगुलर परिक्षार्थि रहेको विद्यालयले जनाएको छ । १० वटा कोठामा परिक्षा संचालन गर्ने तयारीमा विद्यालय लागिपरेको छ । हरेक कोठामा दुरी कायाम गरेर ८ देखि ९ जना मात्रै विद्यार्थी राखिनेछ ।
खैरेनी माविमा ३६ जना शिक्षक रहेका छन् । जसमा १८ जना महिला र १८ जना पुरुष शिक्षक रहेका छन् ।
सम्बन्धित खबर
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
गण्डकी प्रदेश प्रमुखको स्वास्थ्य सुधारोन्मुख, भेटघाट बन्द
तनहुँको विमलनगर खण्ड आजदेखि एक महिना आंशिक बन्द हुने
निसीखोला गाउँपालिका क्षेत्रमा चार दिनदेखि विद्युत वितरण बन्द
गण्डकी प्रदेश प्रमुख भट्ट अस्वस्थ
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो