भारतमा काेराेनाबाट प्रदेश मन्त्रीकाे निधन

भारतमा काेराेनाबाट प्रदेश मन्त्रीकाे निधन

kamala

कोरोना संक्रमणका कारण भारतमा प्रदेश मन्त्रीको मृत्यु भएको छ।

कोरोना संक्रमणबाट उत्तर प्रदेश मन्त्रिपरिषदकी मन्त्री कमला रानी वरुणको निधन भएकाे हाे। उनलाई गत जुलाई १८ तारिख कोरोना संक्रमण पुष्टि भएको थियो।

त्यसपछि मन्त्री कमलालाई लखनऊस्थित एसजीपीजीआई अस्पतालमा भर्ना गरिएको थियो। तर उपचारकै क्रममा आइतबार बिहान उनको निधन भएको छ।

कमला उत्तर प्रदेश (यूपी) सरकारकी शिक्षामन्त्री थिइन्। सन् २०१७ मा भारतीय जनता पार्टीले उनलाई कानपुरको घाटमपुरबाट निर्वाचनमा उम्मेदवार बनाएको थियो।

उनी त्यहाँबाट जित्ने पार्टीको पहिलो विधायक बनेकी थिइन्। त्यसपछि गत वर्ष मात्र उनलाई मन्त्री बनाइएको थियो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds