विषाक्त मदिरा सेवनका कारण मृत्यु हुनेको संख्या ८६ पुग्यो

विषाक्त मदिरा सेवनका कारण मृत्यु हुनेको संख्या ८६ पुग्यो

alcohol-raksi-madira

एजेन्सी । विषाक्त मदिरा सेवनबाट भारतको पञ्जाबमा मृत्यु हुनेको संख्या ८६ पुुगेको छ। विषाक्त मदिरा सेवनका कारण नागरिकहरुको मृत्यु हुन थालेसँगै प्रहरीले गैरकानूनी मदिरा उत्पादनलाई कडाई गरेको छ।

पञ्जाब प्रहरीले गैरकानुनी रुपमा मदिरा उत्पादन गर्ने एक सय भन्दा बढी भट्टीमा छापा मार्नुका साथै २५ जना भन्दा बढीलाई पक्राउ गरेको त्यहाँका संचारमाध्यमहरुले जनाएका छन्। बिषाक्त मदिरा सेवनबाट भारतको पञ्जाब राज्यमा बिगत केही दिनदेखि मृत्यु हुनेको संख्या बढेको त्यहाँको प्रहरीले बताएको छ। मृतकको संख्या बढेपछि पञ्जाबका मुख्यमन्त्री अमरिन्दर सिहंले घट्नाको अनुसन्धान गर्न निर्देशन दिएका छन्।

भारतमा बिषदीयुक्त मदिरा सेवनबाट बर्षेनी लाखौ मानिसको मृत्यु हुने गरेको भारतिय संचार माध्यमहरुले जनाएका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ