थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २० हजार नाघ्यो

थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २० हजार नाघ्यो

Corona Update1

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ६ हजार ९९३ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या २० हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या २० हजार ८६ पुगेको छ । उनीहरुमध्ये ५६ जनाको मृत्यु भएको छ भने १४ हजार ४९२ जना निको भएका छन् ।

कहाँ कति संक्रमित थपिए ?

सबैभन्दा धेरै कैलालीमा ९८ जना संक्रमित भेटिएका छन् । यस्तै बझाङका ६८ जना, पर्साका ६६ जना, अछामका २८ जना, इलामका २२ जना, कञ्चनपुरका ९ जना र सप्तरीका ७ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौं र सिराहाका ५/५ जना, झापा, मोरङ, रामेछाप र रुपन्देहीका २/२ जना तथा सुनसरी, उदयपुर, बारा, रौतहट, काभ्रे, भक्तपुर, कास्की र सल्यानका एकएक जनामा संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ