तनहुँ । तनहुँको दमौलीमा मास्क नलगाई हिड्ने ५८ जनालाई शुक्रबार प्रहरीले कारवाही गरेको छ ।
उनीहरुलाई १०० रुपैयाँ जरिवाना समेत गरिएको छ ।
कोरोना भाइरस (कोभिड-१९) को जोखिम कायमै रहेको र घरबाहिर निस्कदा अनिवार्य मास्क प्रयोग गर्न पटक-पटक अनुरोध गरे पनि उक्त अनुरोध अटेरी गर्नेलाई कारवाही गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै बुधबार १०० जना र बिहिबार ७२ जनालाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
मास्क नलगाई पैदल हिँड्ने र सवारी चलाउनेलाई कारवाही गरेर प्रतिव्यक्ति १०० रुपैयाँका दरले जरिवाना गराइएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
‘जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले पहिलो चरणमा मास्क प्रयोगका लागि सचेतना कार्यक्रम सञ्चालन गरेको थियो’, डिएसपी तिमिल्सिनाले भने, ‘तर उक्त अनुरोधलाई कार्यान्वयन नगरेको पाइएपछि बुधबारबाट कारवाही गर्ने अभियान शुरु गरेका छौँ ।’
जिल्ला ट्राफिक प्रहरी कार्यालयको सक्रियतामा सञ्चालन गरिएको कारवाही अभियानमा कारवाहीमा परेकालाई कोरोना भाइरसको बारेमा पूर्णरुपमा जानकारी समेत गराइएको प्रहरीले जनाएको छ ।
सरकारले कोरोनाबाट बच्न अनिवार्य मास्क लगाउन नागरिकलाई अनुरोध गरेको छ ।
हाल लकडाउन खोलिएपनि कोरोनाको जोखिम भने कायमै रहेको अवस्थामा मास्क लगाई अन्य स्वास्थ्य सुरक्षाको नियम पालना गर्न सरकारले नगारिकलाई अनुरोध गरेको छ ।
सम्बन्धित खबर
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो