आज राति देशका यी स्थानमा ठूलो वर्षाको सम्भावना, सतर्क रहन सुझाव

आज राति देशका यी स्थानमा ठूलो वर्षाको सम्भावना, सतर्क रहन सुझाव

mausam

आज (शुक्रबार) राति पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यम र केही ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले अघि साँझ ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार प्रदेश १, प्रदेश २, सुदूरपश्चिम र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

महाशाखाका अनुसार दिउँसैदेखि देशका कतिपय स्थानमा वर्षा भइरहेको छ।

शनिबार बिहान ६ बजेसम्मका लागि २४ घण्टे चेतावनी दिँदै महाशाखाले वर्षा हुने स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले सतर्कता अपनाउन हुन अनुरोध गरेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds