कोरोनाबाट निधन हुनेको संख्या ५६ पुग्यो

कोरोनाबाट निधन हुनेको संख्या ५६ पुग्यो

corona death

काठमाडौं । पाटन अस्पतालमा उपचाररत ६५ वर्षीया कोरोना संक्रमित महिलाको निधन भएको छ ।

आइसियूमा उपचाररत ललितपुर थसिखेलकि उक्त महिलाको शुक्रबार बिहान ९ बजे निधन भएको हो । यो सँगै नेपालमा कोरोनाबाट निधन हुनेको संख्या ५६ पुगेको छ ।

गत साउन ६ गते उनलाई अस्पताल भर्ना गरिएको थियो । उनी केही दिन अघि बीरगञ्जबाट आएकी थिइन् ।

स्टार अस्पतालमा चेकजाँच गर्दा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई पाटन अस्पताल भर्ना गरिएको थियो । उनमा निमोनियाको समस्या थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ