पोखरा – पोखराको महेन्द्रपुलमा अन्नपुर्ण सिटी क्लिनिक सञ्चालमा आएको छ । सबै किसिमा रोगको उपचार गर्ने गरी अत्याधुनिक र सुविधा सम्पन्न क्लिनिक सञ्चालनमा आएको हो ।
क्लिनिकमा गण्डकी प्रदेशकै पहिलो र एकमात्र बाथरोग विशेषज्ञ डा रामकृष्ण गिरीले र वरिष्ठ फिजिसियन डा मानबहादुर गुरुङ दैनिक बिहानदेखि बेलुकैसम्मै क्लिनिकमै रही सेवा दिने क्लिनिकका अध्यक्ष गीता कार्कीले जानकारी दिइन् ।

वरिष्ठ न्युरो सर्जन डा।सुरेश सापकोटा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा जुनु श्रेष्ठ, वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डा।सौजन सुवेदी, वरिष्ठ नाक, काँन, घाँटी रोग विशेषज्ञ आकाशमणि भण्डारी, वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा।झपिन्द्र पोखरेल, वरिष्ठ मानसिक रोग विशेषज्ञ डा।विशालमणि साथै फिजियोरापिस्ट डा अजित पाण्डे, रेडियोलोजिस्ट डा सान्त्वना पराजुली, डाइटिसियन विद्या शर्माले पनि सेवा दिने अध्यक्ष गीता कार्कीले बताइन् ।
शान्त वातावरण पर्याप्त पार्किङ, लिफ्टको सुविधा भएको भवनमा अत्याधुनिक स्वचालित मेसिनबाट सञ्चालित ल्याब, डिजिटल एक्सरे, इको, अल्ट्रासाउन्ड, इसिजी, फिजियोथेरापी, फार्मेसी जस्ता सेवासमेत उपलब्ध रहेको जानकारी दिइन् ।

बिरामी भइसकेपछि डाक्टरकहाँ जानुभन्दा बिरामी हुनुभन्दा पहिले नै परीक्षण गर्न जाने खालको क्लिनिकका रुपमा विकास गरिने सञ्चालक ठाकुरप्रसाद पन्तले बताए । साथै सबै सुविधा भए पनि अन्य क्लिनिक भन्दा महंगो नभएको दावी समेत गरे ।
सम्बन्धित खबर
काउली बेचेर एकै सिजनमा ६ लाख आम्दानी
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
गोरखामा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा शिक्षक पक्राउ
वालिङ्बाट लागूऔषधसहित पोखराका गुरुङ पक्राउ
राष्ट्रिय मगर एकता दिवसमा स्याङ्जाका आठ पालिकामा सार्वजनिक बिदा
मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो