वीरगन्जमा कोरोनाभाइरसको संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । बिहिबार वीरगन्जमा कोरोनाबाट थप २ जनाको मृत्यु भएको नारायणी अस्पतालका डाक्टर निरज सिंहले पुष्टि गरे ।
उनका अनुसार वीरगञ्जमा बस्दै आएका एकजना भारतीय नागरिक र वीरगंज महानगरपालिका वडा नम्बर १६ का एकजना पुरुषको मृत्यु भएको छ ।
डा. सिंहका अनुसार भारतीय नागरिक असार ७ गते अस्पताल भर्ना भएका थिए । उनको हिजो दिउँसो अक्सिजनको मात्रा शरिरमा कम भएपछि भेन्टिलेटरमा राखिएको थियो । भेन्टिलेटरमा उपचाररत उनको राति ११ बजे मृत्यु भएको हो ।
यस्तै अर्का मृत्यु भएका कोरोना संक्रमित वीरगंज महानगरपालिका वडा नम्बर १६ का ३५ वर्षीय पुरुष हुन् । साउन १३ गते निमोनिया भएर गण्डक अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका थिए । उनको हिजो ७ बजेर ४० मिनेटमा मृत्यु भएको हो ।
थप २ जनाको कोरोनाबाट मृत्यु भएको बारे स्वास्थ्य मन्त्रालयले भने पुष्टि गर्न बाँकी रहेको छ ।
सम्बन्धित खबर
नेपाल प्रहरीका ८ जना एसएसपी डीआइजीमा बढुवाका लागि सिफारिस
दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
मृत्युपछि मानवअंग दान गर्ने परिवारलाई २ लाख दिइने
रविलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
हिरासतमा रहेका रविमाथि अदालतको चार पक्राउ पुर्जी
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम