गण्डक अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

गण्डक अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

corona death

वीरगंज – जगदम्बा इन्टरप्राइजेज प्रालि वीरगंजका ५६ वर्षीय प्रमुख कार्यकारी अधिकृतको गए राति मृत्यु भएको छ।

राति साढे ११ बजे उनको गण्डक अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको हो।

भारत निवासी उनी पुरानो मुटुरोगी हुन्। साउन ७ गते उनलाई अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो।

हिजो दिउँसोदेखि अक्सिजनको मात्रा शरिरमा कम भएपछि भेन्टिलेटरमा राखेर उपचार गराइएको थियो।

भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि बचाउन नसकिएको गण्डक कोभिड अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर निरजकुमार सिंहले बताए।

उनको शव अहिले अस्पतालमै राखिएको छ।

वीरगंजमा बुधवार दुई जनाको मृत्यु भएको थियो भने यी बाहेक बिहीवार नै थप दुई जनाको मृत्यु भइसकेको थियो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ