क्वारेन्टिनमा सर्पले टोकेर २२ वर्षीय युवकको मृत्यु

क्वारेन्टिनमा सर्पले टोकेर २२ वर्षीय युवकको मृत्यु

death snake

क्वारेन्टिनमा बसेका बेला विषालु सर्पले डसेका कैलालीका एक युवकको उपचारको क्रममा बिहीबार मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको गौरीगंगा नगरपालिका-४ का २२ वर्षीय युवक रहेका छन् ।

भारतबाट आएर जेठ २६ गतेदेखि उनी गौरीगंगा-४ स्थित सिद्धार्थ विद्या निकेतनको क्वारेन्टिनमा बसेका थिए । उनलाई असार १२ गते बिषालु सर्पले डसेको थियो ।

युवकलाई उपचारका लागि सुरुमा परिवारले धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगेका थिए । तर, त्यहाँ भेन्टिलेटर सहितको बेड खाली नभएपछि नेपालगन्ज लगिएको हो ।

उपचारको क्रममा युवकको मृत्यु भएपछि उनका आफन्त तथा स्थानीयवासीले विरोध जनाएका थिए । नगरपालिकाको लापरबाहीले युवकको मृत्यु भएको भन्दै स्थानीयले आन्दोलन नै गरेपछि पीडित परिवारलाख ६ लाख रुपैयाँ दिने सहमति भएको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds