अब मुग्लिन- नारायणगढ सडक खण्डमा सवारी चलाउँदा कर तिर्नुपर्ने

अब मुग्लिन- नारायणगढ सडक खण्डमा सवारी चलाउँदा कर तिर्नुपर्ने

Muglin-Naranghat Road Clear

फाइल तस्वीर

काठमाण्डौ – नारायणगढ-मुग्लिन सडकखण्डमा सवारी साधन गुडाउँदा अब सडक दस्तुर कर लाग्ने भएको छ । गत साउन १२ गते बसेको मन्त्रिपरिषदको बैठकले सडक दस्तुर कर उठाउन स्वीकृति दिने निर्णय गरेको हो ।

भौतिक योजना मन्त्रालयको प्रस्तावमा उक्त निर्णय गरिएको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

उनका अनुसार सडक मर्मतका लागि नारायणगढ–मुग्लिन सडक खण्डमा हलुका सवारी साधनका लागि २५ रुपैयाँ, भारी सवारी साधनका लागि ५५ रुपैयाँ सडक उपभोग दस्तुर लिने निर्णय गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds