एकैदिन थप २ जनाको कोरोनाबाट मृत्यु, संख्या ५१ पुग्यो

एकैदिन थप २ जनाको कोरोनाबाट मृत्यु, संख्या ५१ पुग्यो

corona death

काठमाडौं – नेपालमा कोरोनाभाइरसको संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्जका दुई पुरुष रहेका छन्।

जसमा वीरगन्जको नेसनल मेडिकल कलेजमा उपचार गराइरहेका ७० वर्षीय पुरुष र गण्डक अस्पतालमा उपचार गरिरहेका ६८ वर्षीय पुरूष रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले बताए ।

दुबै जना पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको जनाइएको छ ।

गण्डक अस्पतालमा मृत्यु भएका कोरोना संक्रमितमा मुटुको समस्या र नेशनल मेडिकल कलेजमा मृत्यु भएका पुरुषलाई झाडापखालाको समस्या रहेको बताइएको छ ।

यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ । वीरगन्जका दुबै जनाको कोरोनाबाट मृत्यु भएको बारे स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न बाकीँ रहेको छ ।

गण्डक अस्पताल कोरोनाबाट ६८ वर्षीय वृद्धको मृत्यु

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ