गण्डक अस्पताल कोरोनाबाट ६८ वर्षीय वृद्धको मृत्यु

गण्डक अस्पताल कोरोनाबाट ६८ वर्षीय वृद्धको मृत्यु

corona death

वीरगन्ज । पर्साको वीरगन्जमा कोरोना संक्रमित अर्का एक पुरुषको मृत्यु भएको छ । बुधबार १२ बजे तिर वीरगन्ज महानगरपालिका रेशमकोठीका ६८ वर्षीय पुरुषको कोभिड–१९ को संक्रमणका कारण मृत्यु भएको हो ।

नारायणी अस्पतालको अस्थायी कोभिड बिशेष अस्पताल गण्डकको आइसोलेशन वार्डमा पाँच छ दिनदेखि उनी उपचार गराइरहेका थिए । सुरुमा एड्भान्स अस्पतालमा भर्ना गरिएका विश्वालाई पछि संक्रमण पुष्टि भएपछि गण्डक अस्पतालमा सारिएको थियो ।

मृतकलाई मधुमेह र मुटुको समस्या पनि भएको नारायणी अस्पतालले जनाएको छ । उनको शव व्यवस्थापनका लागि नेपाली सेनालाई जिम्मा लगाइएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। मदन उपाध्यायले बताए । पर्सामा एक वेवारिसे र एक भारतीय नागरिकसहित ६ जना कोरोनाका संक्रमितको मृत्यु भइसकेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ