जंगली च्याउ खाँदा गम्भीर बिरामी परेका जाजरकोटको कुशे गाउँपालिका–१ स्याँक्रीका एकैघरका चार बालिकाको मृत्यु भएको छ ।
तीन बालिकाको मंगलबार र एकको सोमबार मृत्यु भएको हो । च्याउ खाएका अन्य चारजना बिरामी परेका छन् ।
साँझ च्याउको तरकारी खाएका उनीहरूलाई त्यही रातिदेखि बिसन्चो भएको थियो । घरका आठैजना बिरामी परेकाले गाउँकै मेडिकलबाट औषधि लिएर खाएका थिए । उनीहरू च्याउ खाएको तीन दिनपछि सिकिस्त भएका थिए । त्यसपछि मात्रै गाउँलेले उपचारका लागि प्रयास गरेका हुन् ।
टेकबहादुरकी छोरी तीन वर्षीया अञ्जनाको सोमबार गाउँमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बालिकाको मृत्यु भएपछि परिवारका अन्य सातजना सदस्यलाई गाउँपालिकाले नेपाली सेनाको हेलिकोप्टर चार्टर्ड गरेर सोमबार नै सुर्खेतस्थित कर्णाली प्रादेशिक अस्पताल लगेको थियो ।
उपचारका क्रममै मंगलबार तीन बालिकाको मृत्यु भएको अस्पतालले जनाएको छ ।
च्याउ खाँदा बिरामी परेका टेकबहादुरसँगै उनका छोरा ३० वर्षीय ललित, बुहारी ३० वर्षीया कल्पना र छोरी १५ वर्षीया पशुपतिको प्रादेशिक अस्पताल सुर्खेतमै उपचार भइरहेको छ ।
उनीहरूमध्ये कल्पनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । उनको आइसीयूमा राखेर उपचार भइरहेको छ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु