कोरोना प्रभावितलाई साँवा ब्याज बुझाउने समय ६ महिना थप

कोरोना प्रभावितलाई साँवा ब्याज बुझाउने समय ६ महिना थप

nepal-rastra-bank

काठमाण्डौ – कोभिडका कारण असारमसान्तसम्म असुल हुन नसकेको कर्जाको साँवा ब्याज भुक्तान गर्ने अवधि ६ महिना थप हुने भएको छ । राष्ट्र बैंकले आज मंगलबार जारी गरेको निर्देशनमा लघु उद्यम पेशा व्यवसायमा परेको प्रभाव, सुचारु हुन लाग्ने समय, ऋणीको आवश्यकताको मूल्यांकन गरी एक पटकका लागि ६ महिना साँवा र ब्याज भुक्तानी अवधि थप गरेको हो । किस्ता रकम नियमित भुक्तान गर्ने ऋणीलाई कुनै प्रकारको ब्याज -शुल्क – हर्जाना लिन पाइने छैन ।

यसरी भुक्तानी अवधि थप गरिएको किस्ताको साँवा र ब्याज रकम २०७७ चैत मसान्तभित्र समान किस्तामा असुल उपर गर्नुपर्ने व्यवस्था गरिएको छ ।

विपन्न तथा न्यून आय भएका समूहमा आवद्ध भएका वा नभएका व्यक्तिहरूलाई स्वीकारयोग्य धितो लिई कृषि, लघु उद्यम वा व्यवसाय सञ्चालन गर्न प्रति समूह सदस्य बढीमा ७ लाख रुपैयाँसम्म लघुकर्जा उपलब्ध गराउन सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ । साथै २ वर्षदेखि कर्जा उपभोग गरी असल वर्गमा परेका व्यक्ति वा समूह सदस्यका हकमा १५ लाख रुपैयाँ सीमा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds