धनुषामा एक युवतीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ परेका छन्। सोमबार राति पिसाब फेर्न भन्दै घर बाहिर निस्केको बेला बेपत्ता भएकी भनिएकी ती युवतीलाई पछि स्थानीय २६ वर्षीय युवक कलाम राइनले घरमा छाड्न आएपछि घटना सार्वजनिक भयो
युवतीले आफूलाई छाड्न आएको युवकले नै राति जबरजस्ती लगेर आफूलाई बलात्कार गरेको बताएपछि स्थानीयले ती युवामाथि कुटपिट समेत गरेका हुन् । कुटपिट पश्चात घाइते युवालाई स्थानीयहरुले प्रहरीको जिम्मा लगाएका छन् ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाका प्रहरी निरीक्षक पप्पु नायकले बलात्कारको आरोपमा एकजना प्रहरीको नियन्त्रणमा रहेको पुष्टि गरेका छन् ।
प्रहरीको नियन्त्रणमा रहेको युवक र युवतीबीच सहमतिमै शारीरिक सम्बन्ध भएको तर युवतीको उमेर १८ वर्ष भन्दा कम रहेकाले यसलाई बलात्कार भनिएको प्रहरी निरीक्षक नायकको भनाई छ ।
स्थानीयका अनुसार सहमतिमै यौन सम्पर्क भएको, फर्कदाँ रातको समय भएकाले युवकले नै घरसम्म ल्याएको तर घरमा थाहा भएपछि बलात्कार गरेको भनेर युवती जोगिन खोजेको देखिन्छ । तर, नेपाली कानुन अनुसार १८ वर्ष भन्दा कम उमेरकी किशोरीसँग सहमतिमै यौन सम्पर्क भएपनि बलात्कार मान्दछ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु