यौन दुर्वलता धेरै मानिसका लागि पीडाको विषय बनेको छ । यो समस्या समाधान गर्न धेरै औषधिको प्रयोग गर्दा पनि समस्या समाधान हुँदैछ । जसले स्वास्थ्यमा दीर्घकालीन समस्या उत्पन्न हुनसक्छ । यौनशक्ति बढाउन घरेलु उपाय नै लाभान्वित हुने गरेको अनुसन्धानबाट खुलेको छ ।
अव्यवस्थित खानपान, तनावपूर्ण जीवनशैलीलगायतका कारण यस्ता समस्या आउने गरेका छन् । त्यसैले यौन शक्ति बढाउन सबैभन्दा पहिले तपाईंले खानपानमा सुधार गर्नुपर्छ र सन्तुलित भोजन खानुपर्छ । शरीरका लागि चाहिने आवश्यक पोषक तत्व पहिचान गरी खाने गरेका यस्ता समस्या आउँदैनन् ।
साथै शारीरिक कसरत पनि जारी राख्नुपर्छ । अव्यवस्थित खानपान र कसरत नगर्दा अन्य रोगको सिकार हुनुका साथै यौन दूर्वलता पनि बढ्ने गरेको छ । दैनिक आधा घण्टा हिँड्ने मानिसलाई हत्तपत्त कुनै पनि स्वास्थ्य समस्या आउँदैन । त्यसैले खानपिनमा सुधारका साथै नियमित कसरत गर्नु सबैभन्दा ठूलो ओखति हुनेछ । त्यसबाहेक यौन शक्ति बढाउन निम्न घरेलु उपाय अपनाउन सक्नुहुनेछ ।
दालचिनी
दुई ग्राम दालचिनीको धुलोलाई दैनिक बिहान दूधसँग घोलेर पिउने गर्नुभएका यौन दुर्वलताको समस्या समाधान हुनेछ ।
जायफल
जायफल अर्थात जायदानालाई नियमित सेवन गर्नाले पनि यौन दुर्वलता टाढा भाग्छ । बिहान सबेरै एक ग्राम जायदानाको धुलोलाई पिउने पानीमा घोलेर दैनिक सेवन गरेका केही दिनमा तपाईंमा परिवर्तनको महशुस हुनेछ
लसुन
दुई सय ग्राम लसुन पिसेर त्यसमा ६० मिलिग्राम मह मिलाउनुहोस र बिक्रो भएको सिसिमा राख्नुहोस । त्यसलाई एक महिनासम्म सुरक्षित स्थानमा राख्नुहोस । यसरी तयार भएको सामग्रीलाई ३१ औ दिनदेखि ४० औ दिनसम्म दिनमा १० ग्राममात्रा बनाएर खानुहोस । यसले यौन शक्ति बढाउने छ ।
खजुर
बिहानी समयमा दुई दाना खजुरलाई नियमित खाने गर्नुहोस् । अथवा उक्त खजुरलाई घ्यूमा भुटेर त्यसमा अलैची, सख्खर हालेर त्यसमा दूघ मिसाएर सेवन गर्नुभएमा यौन दूर्वलता हट्नुका साथै यौन शक्ति बढ्नेछ ।
तुलसी
१५ ग्राम तुलसी र ३० ग्राम सेतो मुसलीलाई पिसेर मसिनो धुलो बनाउनुहोस् । त्यसमा ६० ग्राम मिश्री हालेर एक सिसिमा राख्नुहोस् । तयार पारिएको धुलोलाई औषधिका रुपमा तपाईंले प्रयोग गर्न सक्नुहुनेछ । दैनिक पाँच ग्रामको मात्रा बनाएर बिहान र बेलुका दूधमा घोलेर खाने गर्नुभएका यौन दुर्वलता समाधान हुन्छ ।
सम्बन्धित खबर
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
अनुदानमा प्राप्त ९ रुपैयाँको नुन किन्न २५ सय खर्च
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो