तनहुँ । तनहुँको व्यास नगरपालिकाले जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँलाई विभिन्न ट्राफिक संकेतका सामाग्री प्रदान गरेको छ । जस अन्तरगत १५ थान रिफ्लेक्टीभ बोर्ड र २० थान फ्लेक्स वोर्ड रहेको छ ।
बजार क्षेत्र तथा राजमार्गको सवारी व्यवस्थापनलाई मद्दत पुर्याउने उद्धेश्यले ति सामाग्रीहरु प्रदान गरिएको व्यास नगरपालिकाले जनाएको छ ।
उक्त सामाग्रीहरु प्रदान गर्नुहुदै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले शहरी क्षेत्रलाई व्यवस्थित गर्ने कार्यमा व्यास नगरपालिका सकृय रुपमा लागिरहेको बताए । उनले थपे ‘सफासडक, गणेशमान चोक लगायतका स्थानमा पार्किङ, सवारी व्यवस्थापनका लागि छलफल गरेर अगाडि बढ्नेछौ ।

कानुनको शासन कायम गर्नुपर्ने तर्फ कुनै कसर बाकिं नराख्ने गरी ट्राफिक व्यवस्थापनमा देखीएका समस्यालाई समाधान गर्न नगरपालिकाले क्रमश काम गर्दै जाने नगरप्रमुख न्यौपानेले बताए ।
कार्यक्रममा प्रहरी उपरिक्षक अरुण पौडेलले ट्राफिक व्यवस्थापन संवेदनशिल विषय भएकाले स्थानिय तहहरुबाट यस्को समाधानमा गरिएको सहयोग राम्रो रहेको बताए ।
नगरपालिकाले गर्ने विकास निर्माणमा सुरक्षा कायम गर्ने सबालमा प्रहरी सधै साथमा रहने प्रहरी उपरीक्षक पौडेलको भनाई थियो ।
ट्राफिक क्षेत्रका समस्याका विषयमा कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले जानकारी गराएका थिए ।
सम्बन्धित खबर
मुग्लिन–पोखरा बाटो सहज बन्दै
तनहुँको विमलनगर खण्ड आजदेखि एक महिना आंशिक बन्द हुने
तनहुँमा ‘स्वाइन फिभर’ले बङ्गुर मरेपछि ओसारपसारमा रोक
प्रजातन्त्र दिवसको अवसरमा देवघाट गाउँपालिकामा दीप प्रज्जवलन
बन्दीपुरमा वडाध्यक्षको कुटपिटबाट वडा सचिव घाइते
१५ वर्षपछि दमौलीमा फेरि थालियो सामूहिक गहुँखेती
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते