चेकजाँच छलेर भागेका थिए, प्रहरीले पिछा गरेपछि बाटैमा फाले सुन

चेकजाँच छलेर भागेका थिए, प्रहरीले पिछा गरेपछि बाटैमा फाले सुन

gold-e5256

काठमाण्डौ –  आज बिहान प्रहरी चेक जांच छलेर भागेको गाडीलाई पिछा गर्ने क्रममा फेला परेकाे १५ किलो पहँलो धातुमध्ये आधा किलो मात्र सुन पुष्टि भएकाे छ । प्रहरीले मंगलबार विहान बरामद १५ किलो पहेंलो धातु परीक्षण गर्दा ५ सय ग्राम (आधा किलो) मात्रै सक्कली सुन भएको पुष्टि भएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले १५ किलो पहेंलो धातुमा आधा किलो मात्रै सुन भएको बताए । बाँकी साढे १४ किलोग्राम चाँदी र बाहिर जलप लगाएको पुष्टि भएको पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।

बा ६ च ५५१९ नम्बरको स्कारपियो गाडी मङ्गलबार विहान कृष्ण पाउरोटी नजिक चेकजाँच गरिरहेका बेला छलेर भागेको थियो । भागेको गाडीमाथि शंका लागि प्रहरीले पिछा गरेकोमा उनीहरुले धातु भएको सेतो रंगको झोला बाटैमा फालेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ