बामदेव फेरि ओलीतिर ! ६ बुँदे प्रस्ताव अघि सार्दै भन्छन्ः ‘ओलीलाई दुवै पदबाट नहटाऔ‌ं’

बामदेव फेरि ओलीतिर ! ६ बुँदे प्रस्ताव अघि सार्दै भन्छन्ः ‘ओलीलाई दुवै पदबाट नहटाऔ‌ं’

kp-oli-and-bamadev-gautam

Photo: Onlinekhabar

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा रहेका उपाध्यक्ष बामदेव गौतम प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपीतिर लागेका छन् ।

यससँगै ९ सदस्यीय सचिवालयमा अब प्रचण्ड-नेपाल पक्षका ५ र ओली पक्षमा चार नेता भएका छन् । तर ओली पक्षले भने गृहमन्त्री रामबहादुर थापा पनि यता रहेको दाबी गरेका छन् । यसो भएमा नेकपा सचिवालयमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीको पक्षमा बहुमत पुग्नेछ । तर, थापा भने ओलीतिर नरम देखिएपनि ओलीको कार्यशीलीले आजित भएर अब समृद्धिको यात्रा ओली नेतृत्वमा नहुने बताइसकेका छन् ।

विगतमा ओलीलाई पार्टी अध्यक्ष बनाउनेदेखि संसदीय दलको नेता बनाउनसम्म गौतमले साथ दिए । र, उनको साथले नै ओलीले यी पदहरु पाए । गौतमलाई भने ओलीले हिँस्स बुढी खिस्सँ दात जस्तो बनाइरहेका छन् । पछिल्लो क्रममा ओली आफैले अध्यक्षता गरेको बैठकले गरेको निर्णय समेत ओलीले आफै मान्दिन भनेर गौतमलाई फेरि हिस्स बनाए । उनलाई राष्ट्रियसभा सदस्य बनाउन ओलीले नै तगारो लगाए । तर पनि गौतमले ओलीमा माया मार्न सकेका छैनन् ।

गौतमले पार्टी नेताहरुसामू ओलीलाई एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालको अवधीभर प्रधानन्त्रीको जिम्मेवारीमा राख्ने प्रस्ताव अघि सारेका छन् ।

प्रचण्डलाई एकता महाधिवेशसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारी दिने र पार्टीको एकता महाधिवेशन सहमतिमा गर्ने गौतमको प्रस्तावमा उल्लेख छ । गौतमले पार्टीको बिग्रह रोक्नका लागि भन्दै अघि सारेको प्रस्ताव प्रधानमन्त्री ओलीले लिँदै आएको अडान हो ।

नेकपा एक नेताका अनुसार गौतमले ६ बुँदे यो प्रस्ताव औपचारिक बैठकमा नराखेको तर नेताहरुलाई दिएको स्वीकार गरेका छन् । गौतमको सचिवालयले पनि यो आधिकारिक रहेको भनिसकेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds