नारायणीका दुई डाक्टरसहित १५ जनामा कोरोना पुष्टि

नारायणीका दुई डाक्टरसहित १५ जनामा कोरोना पुष्टि

download

वीरगंज – वीरगंजमा सोमवार राति १ महिलासहित १५ जनामा कोरोना पुष्टि भएको छ।

नारायणी अस्पतालको ल्याबले दिएको रिपोर्ट अनुसार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमित मध्ये दुई जना नारायणी अस्पतालका डाक्टर रहेका छन्।

बाँकी भने वीरगंज, बारा, ईलाम र जगदम्बा इन्टरप्राइजेजमा कार्यरत कर्मचारी रहेको अस्पताल स्रोतले जानकारी दिएको छ।

कोरोना संक्रमण पुष्टि हुने डाक्टरहरुमा वीरगंज–४ विर्ता घर भई नारायणी अस्पतलामा कार्यरत ४० वर्षीय र वीरगंज ११ श्रीपुर घर भएका २६ वर्षीय पुरुष रहेका छन्। उनीहरुमध्ये एक जना अर्थोपेडिक र अर्का अकास्मिक कक्षमा मेडिकल अफिसरका रुपमा कार्यरत छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds